+
+

बनेपाको तीनघरेमा पहिरो खसेपछि सडक अवरुद्ध

रासस रासस
२०७९ साउन १८ गते १९:५१

१८ साउन, बनेपा । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ स्थित तीनघरेमा पहिरो खसेपछि तीन दिनदेखि सडक अवरुद्ध भएको छ । बनेपा–तीनघरे–अनेकोट सडकखण्डमा माथिबाट पहिरो खसेपछि आवतजावत अवरुद्ध भएको हो ।

पहिरो गएको स्थानको आज जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पहिराले पुर्‍याएको अवलोकन गरेकी छिन् । पहिराका कारण त्यहाँका दुई घरसमेत जोखिममा परेको बनेपा नगरपालिकाले जनाएको छ ।

बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले पहिरामा परेर एउटा मोटरसाइकलसमेत पुरेको र अहिले मान्छेसमेत आवतजावत गर्न कठिन भएको बताइन्। ‘पहिरो ठूलै गएका कारण अझै पनि माथिबाट अलिअलि ढुङ्गा र माटो खस्नेक्रम रोकिएको छैन’, उनले भने, ‘जोखिमको अवस्था भएका कारण तत्काल सडक खुलाउनसक्ने अवस्था छैन ।’

पहिराका कारण जोखिममा रहेका घरलाई तत्कालका लागि सुरक्षा दिन नगरपालिका विपद् व्यवस्थापन कोषबाट त्रिपालको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । पहिरो गएर सडक नै अवरुद्ध भएपछि अहिले बनेपा–तीनघरे–अनेकोट चल्ने सवारीसाधनसमेत ठप्प भएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मनसुन सक्रिय रहेको अवस्थामा तत्कालका लागि पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले पानी रोकिएपछि मात्रै पहिरो हटाएर यातायात सञ्चलन गर्ने बताइन् ।

जिल्लामा विपद्का घटना छिटफुट रुपमा देखापरेको बताउँदै जिल्ला प्रशासन कार्यालयले मनसुन प्रतिकार्य योजना तयार गरेर काम गरिरहेको उनको भनाइ छ । विपद्मा परेर अहिलेसम्म दुई जना बालक बेपत्ता रहेको र एक जनाको बाढीले बगाएर मृत्यु भएको उनले बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?