+
+

बुवाको रोल खेल्न नमानेका राजेश हमालको जवाफ : के यो बाउ हुने उमेर हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते ११:११

काठमाडौं । अभिनेता राजेश हमाल ‘सेन्स अफ ह्युमर’ले पनि चर्चामा आउँछन् । उनीमाथि जति जोक्स र मिम बने, सायदै अरु कलाकारको बनेको छैन । उनी बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि बनेर पुगे । त्यसक्रममा उनले सञ्चारकर्मीसँग क्याजुअल भलाकुसारी पनि गरे ।

भलाकुसारीको विषयमा आफूलाई बाउको रोलको लागि गरिएको प्रस्तावदेखि भुवन केसी र आफ्ना जोक्ससम्म थिए । साथै, उनले एकपटकको नेपाली सधैंको लागि नेपाली हुने भन्दै विदेशमा रहेका नेपालीको मन जित्ने पनि प्रयत्न गरे ।

‘छड्के २’सहित केही फिल्ममा उनलाई बाउको रोलको अफर आएको खबर बाहिरिएको थियो । ५० लाख रुपैयाँ पारिश्रमिक प्रस्ताव गर्दा पनि उनले यो रोल गर्न नमानेको जनाइएको थियो । यसबारे सोधिएको कमेन्टमा हमालले केही व्यंग्यमिश्रित यथार्थ खुलाए । उनले भने, ‘बाबु त हुन्छु तर म बाआमाको बाबु हुन्छु । छोराछोरीको होइन । के यो बाउ हुने उमेर हो ?’

हमालको यो कटाक्षभित्र उनको मर्म पनि अवश्य लुकेको छ । जीवनभर नायकको भूमिका निर्वाह गरेका हमाल अझै पनि अन्य चरित्रमा आफूलाई रुपान्तरण गर्न मनोवैज्ञानिक रुपमा तयार छैनन् भन्ने संकेत यसले दिन्छ ।

उनी यसबारे थप भन्छन्, ‘भूमिका यो त्यो भन्दा पनि भूमिका राम्रो छ, सशक्त छ । सेन्ट्रल क्यारेक्टर छ । त्यसले चलचित्रमा गहन भूमिका निर्वाह गर्ने मौका पाएको छ भनेपछि त कलाकारले जुन भूमिका पनि त गर्छ नि । त्यसको सशक्तता हुनुपर्‍यो नि ।’

भुवनलाई सुझाव : जिम्मेवारी बहन गर्नुस्

सोही क्रममा हमालले आफ्ना समकालीन अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सुझाए ।

‘भुवनजीले एउटा नयाँ जिम्मेवारी बहन गर्नुभएको छ । कला क्षेत्रमा यत्तिका वर्ष लागेको व्यक्ति । कला क्षेत्रमै आफूलाई समर्पित पनि गर्नुभयो । अन्तर्वार्तामा पनि भन्नुहुन्छ–मैले बुझेको पनि यही हो,’ उनले भने ।

हमाल अघि भन्छन्, ‘त्यसलाई नेतृत्व र दिशा दिने जिम्मेवारी उहाँसँग छ । आफ्नो जिम्मेवारी राम्रोसँग बहन गर्नुहोला । कार्यकालमा चलचित्र क्षेत्र, कलाकारले केही न केही उपलब्धि हासिल गर्न सक्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?