+
+

पारस खड्कासहित खेलाडीलाई सर्वकालीन सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १७:१०

१९ साउन, काठमाडौं । विभिन्न कालखण्डमा नेपालका लागि कीर्तिमानी प्रदर्शन गरेका ७ जना खेलाडीलाई बिहीबार सर्वकालीन खेलाडीको सम्मान प्रदान गरिएको छ ।

सुदीप मिडिया एण्ड इभेन्ट्स प्रालिले सञ्चालन गरेको हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकउत्सवको अवसरमा सातजना खेलाडीलाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुदमा म्याराथनतर्फ तीनपल्ट स्वर्ण जितेका कीर्तिमानी बैकुण्ठ मानन्धर, खेलाडी र प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुद (साग) फुटबलको उपाधि विजेता राजुकाजी शाक्य सम्मानित भएका हुन् ।

त्यस्तै पहिलोपल्ट छनोट प्रतियोगिता पार गरी ओलम्पिक खेल्ने संगीना बैद्य, ओलम्पिकमा छनोट पार गरेका तथा सागमा कीर्तिमानी चारपल्ट स्वर्ण जितेका दीपक विष्ट, नेपाललाई टी-२० विश्वकपमा छनोट गराउने टिमका कप्तान पारस खड्का र सागका एकै प्रतियोगितामा सर्वाधिक ४ स्वर्ण जित्ने गौरिका सिंहलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?