+
+

एसईईमा ४ जीपीए ल्याउनेलाई एक लाख रुपैयाँ दिने इलिक्सर एकेडेमीको घोषणा

यो वर्ष कृतिका र प्रतीकले एक/एक लाख रुपैयाँ पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १८:५२
कृतिका सिवाकोटी र प्रतीक पौडेल

काठमाडौं । काठमाडौंको चाबहिलस्थित कुमारीगालमा रहेको इलिक्सर एकेडेमीले एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई पुरस्कारबापत एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

विद्यालयका प्रधानाध्यापक रवीन दाहालले २१औं शताब्दी सुहाउँदो योग्य, सक्षम, इमान्दार एवं कर्तव्यनिष्ट नागरिक तयार गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको भन्दै पुरस्कार राशी घोषणा गरिएको बताए । पुरस्कारले विद्यार्थीहरुमा मेहनत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास हुने दाहालले बताए ।

विद्यालयका अनुसार २०७८ सालको एसईईमा दुई जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । कृतिका सिवाकोटी र प्रतीक पौडेलले ४ जीपीए ल्याएका हुन् । दुवै जना विद्यार्थीलाई एक लाख रुपैयाँको दरले पुरस्कार दिइने विद्यालयले बताएको छ ।

देशभरबाट ४२ जना विद्यार्थीहरुले ४ जीपीए ल्याएकामध्ये काठमाडौंका १० जना पर्न सफल भएका थिए । इलिक्सर एकेडेमीबाट ४५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

४ जीपीए ल्याउने विद्यार्थीलाई आगामी दिनमा पनि एक लाखको पुरस्कार प्रदान गरिने प्रअ दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?