+
+

कैलालीमा बाघको छालासहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १३:२३

२० साउन, धनगढी । कैलालीमा बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका-२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले  सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो जीपमा डोटीबाट ल्याउँदै गरेको छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले  डोटीको जोरायल गाउँपालिका-२ का जीप चालक समिर ओली,  कैलालीको चुरे गाउँपालिका-६ बस्ने टेकबहादुर रावत, धिरेन्द्र रावत  र बैतडीको डिलासैन गाउँपालिका-२ राजेन्द्रसिंह भण्डारीलाई पक्राउ गरिएको जानकारी दिP .

उनीहरूले सेतो प्लाष्टिक कट्टामा बाघको छाला र हड्डीहरू बाँधेको अवस्थामा बरामद गरिएको छ । डीएसपी जोशीकाअनुसार प्रारम्भिक सोधपुछका क्रममा चालक ओलीले बुडरबाट बोलेरो जिप चलाएर फल्टुडेमा बाघको छाला र हड्डी हालेर बिक्री गर्ने उदेश्यले चारै जनाको सहमतिमा  अत्तरियातर्फ आएको बुझिएको छ .

बाघको छालाको लम्बाइ टाउकोदेखि पुच्छरसम्म ४ फिट ७ इन्च, पुच्छरको लम्बाई ३ फिट २ इन्च, चौडाइ २ फिट २ इन्च रहेको प्रहरीले जनाएको छ । हड्डीको तौल २ किलो छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?