+
+

एकीकृत समाजवादीका कर्मचारी नेता पोखरेल एमालेमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते ८:००

२२ साउन काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठनका नेता भोला पोखरेल नेकपा एमालेमा फर्केका छन् । श्रमिकहरुको दुई धार मात्रै हुने भन्दै कम्युनिष्ट विचार भएकाहरु एक ठाउँमै आउनुपर्ने भन्दै एमालेमै प्रवेश गरेको उनले बताए ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष समेत भएका पोखरेल नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोग सदस्य समेत थिए । ‘म जागिर खानुभन्दा धेरै अगाडिदेखि नै कम्युनिष्ट आन्दोलनमा थिएँ । कम्युनिष्टको लागि भनेर लामो समयसम्म माधव नेपालको पछि लागें तर अहिलेको अवस्थामा सरकार सञ्चालनदेखि अन्तर्राष्ट्रिय सम्बन्धसम्म हेर्दा एमालेमै गएर एक हुनुपर्ने विचार सहित प्रवेश गरेको हुँ,’ उनले भने ।

सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत पोखरेललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले शनिबार स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?