+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एमाले सांसदको आशंका : महाअभियोग प्रस्ताव साँच्चै छिनोफानो गर्न खोजिएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १३:३५

२२ साउन, काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउनुको नियत के हो भनी प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘आज यहाँ (प्रतिनिधिसभा) प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव छलफलमा लिएर आएको छ । यो वास्तवमा कुन इन्टेन्सनका साथ ल्याइएको हो ?’ छिनोफानो गर्ने गरी महाअभियोग प्रस्ताव अगाडि बढाएको हो कि, बढाइयो भन्नलाई मात्रै बढाइएको हो भन्नेमा प्रष्ट हुन नसकेको उनको भनाई छ ।

‘लेजिस्लेटिभ विजडमलाई प्रयोग गर्न ढंगले लिएर आइएको हो कि, खाली एउटा गरियो भन्ने ढंगले मात्रै ! वास्तवमा यसको छिनोफानो गर्ने ढंगले बढेको हो कि होइन ?’ सांसद सिलवालको आशंकासहित प्रश्न छ ।

आइतबारको जारी प्रतिनिधिसभाको बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ । गत फागुन १ गते ९८ जना सांसदले राणविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

एमाले सांसद सिलवालले जनताको नजरमा भने अदालतप्रतिको विश्वास खस्किँदो रहेको टिप्पणी गरेका छन् ।

‘जनताको एउटा भरोसाको धरोहरको रुपमा रहेको अदालत अहिले विभिन्न खालको काण्डहरुमा मुद्दा छिन्ने सवालमा, घुसको लिनेदेन गर्ने ढंगका एक पछि अर्को खालको घटनाहरु बाहिरिएको कारणले अदालत एक प्रकारले जनताको नजरबाट नांगिएको अवस्था छ’ सांसद सिलवालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?