+
+

‘टाइटानिक’को रेकर्ड तोड्ने बाटोमा टम क्रुजको ‘टपगन माभेरिक’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १६:५०

काठमाडौं । टम क्रुज स्टारर ‘टपगन माभेरिक’ले विश्वचर्चित फिल्म ‘टाइटानिक’को एउटा महत्वपूर्ण कोसेढुंगालाई उछिन्न सक्ने देखिएको छ । यो फिल्मको गति तत्कालै रोकिने छाँटकाँट पनि छैन ।

गत मे २७ मा रिलिज भएको फिल्म प्रदर्शनको दुई महिना पुग्नै लाग्दा पनि अहिले अमेरिकासहित संसारका ठूला फिल्म बजारमा फिल्म प्रदर्शन भइरहेको छ । क्रुजको महत्वपूर्ण पुनरागमन बताइएको फिल्मको लागि फ्यानले ३० वर्षसम्म यसलाई पर्खिरहेका थिए ।

अपेक्षा जति उच्च थियो, स्वागत पनि त्यति नै उच्च । जोफेस कोसेन्स्कीको निर्देशकीय फिल्म हेर्न दर्शकको घुइँचो निकै थियो । नेपाली बक्स अफिसमा समेत यसले उछाल कमाइ गरेको थियो ।

दुई महिना पुग्नै लाग्दा पनि फिल्मको गतिमा कमी आएको छैन । प्रदर्शनको एक महिनामै यसले सन् २०२२ मा सर्वाधिक कमाउने फिल्मको एक बिलियन डलरको कीर्तिमान राखिसकेको छ ।

बक्स अफिस मोजोका अनुसार सोमबारसम्म फिल्मले विश्व बक्स अफिसमा १.३२८ बिलियन डलर कमाएको छ । जसमध्ये उत्तर अमेरिकामा ६५७ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारमा ६७१ मिलियन डलर कमाइ छ ।

उत्तर अमेरिकी बक्स अफिसको कुरा गर्दा ‘टपगन माभेरिक’ले ‘टाइटानिक’को कीर्तिमानलाई पनि उछिन्ने देखिएको छ । लियोनार्दो डिकाप्रियो स्टारर टाइटानिकले विश्व बक्स अफिसमा २ बिलियन डलर कमाएको थियो । टाइटानिकले अमेरिकामा मात्र ६५९ मिलियन डलर कमाएको थियो । यो कमाइ टपगन माभेरिकको भन्दा केहीले बढी मात्र हो ।

टपगनले अहिले पनि हरेक दिन करोडौं कमाएको देख्दा केही दिनमै यसले टाइटानिकको रेकर्डलाई तोड्ने करिब निश्चित छ । भर्खरै यसले ११० वर्षे प्यारामाउन्ट पिक्चर्सको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड पनि राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?