+
+

इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते ११:५६

२३ साउन, काठमाडौं । इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ । इजिप्टको मध्यस्थतामा दुबै पक्षबीच गएरातिदेखि युद्ध विराम भएको हो ।

इजरायलका प्रधानमन्त्री याइर लापिड र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु दुबैले युद्ध विराम भएको बताएको बीबीसीले जनाएको छ ।

इजरायल र प्यालेस्टाइन विद्रोहीबीच तीन दिनसम्म चलेको हिंसामा परी १५ बालबालिकासहित ४४ जनाको मृत्यु भएको समाचारहरु सार्वजनिक भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले यसलाई सन् २०२१ मा ११ दिनसम्म चलेको लडाईंपछिकै ठूलो हिंसा भनेका छन् ।

गत सोमबार इस्लामिक जिहादका प्रमुख बसिम सादीलाई जेनिन क्षेत्रबाट इजरायलले पक्राउ गरेपछि तनाव सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?