+
+

मोडल वाच : क्युट केकी !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १३:२९

काठमाडौं । ब्युटीफल, क्युट, डिसेन्ट, हट, गर्जियस । अनि अरु ? अंग्रेजी शब्द भण्डारमा राम्री युवतीलाई दर्शाउने शब्द प्रशस्तै छन् । यहाँनेर अभिनेत्री केकी अधिकारीलाई यी सबथोक सुहाउँछ ।

१२ वर्षअघि ‘स्वर’ फिल्मबाट डेब्यु गर्दा केकीको जुन चमक थियो, त्यो अहिले पनि कायमै छ । उनको पछिल्लो फिल्म ‘झिंगेदाउ’ भदौ १७ गते रिलिज हुँदैछ जहाँ केकी एक ग्रामीण युवतीको चरित्रमा छिन् ।

‘झिंगेदाउ’को पत्रकार सम्मेलनमा केकी क्युट देखिइन् । सुनौलो रङको कोट र चम्किने फेब्रिकले उनी झन् सुन्दर देखिएकी थिइन् । कुरा पहिरनको मात्र हैन, उनको अभिनय र बौद्धिक क्षमताको प्रशंसा पनि त्यत्तिकै हुने गर्छ ।

केकीको निजी जीवनमा पनि धेरै बदलाव आएका छन् । उनी अब सिंगल रहिनन् । उनी टीभी रियालिटी शोकी सफल निर्मात्री पनि । रियालिटी शोको होस्ट । आउँदो साता अमेरिकी डायस्पोरामा निर्माण भएको रियालिटी शोका लागि उनी त्यसतर्फ जाँदैछिन् ।

केकीको अर्थ हुन्छ मयूर चरा । केकीको जीवन पनि मयूरजस्तै छ रंगीन ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?