+

आमा कोरोना संक्रमित भएमा बच्चालाई कसरी गराउने स्तनपान ?

२०७९ साउन  २३ गते १४:११ २०७९ साउन २३ गते १४:११
आमा कोरोना संक्रमित भएमा बच्चालाई कसरी गराउने स्तनपान ?

कोरोना संक्रमित आमाको दूधबाट शिशुलाई भाइरस सरेको अहिलेसम्म प्रमाणित नभएको हुँदा विश्व स्वास्थ्य संगठनले समेत स्तनपानलाई नियमित गर्न सिफारिस गरेको छ । तर कोभिड-१९ संक्रमित वा संक्रमणको आशंका भएका आमाहरूले शिशुलाई स्तनपान गराउँदा संक्रमण नहुने वातावरण भने सुनिश्चित गर्नु जरुरी छ ।

स्तनपान गराइरहेका महिलाले पनि कोभिड-१९ विरुद्धको खोप लगाउन सक्छन् । त्यसैले  खोप लगाउन कोही छुटेका छन् भने सबैभन्दा पहिले त खोप लगाउनुपर्‍यो । खोप लगाइसकेपछि निरन्तर रूपमा स्तनपान गराउन मिल्छ ।

शिशुलाई स्तनपान गराउँदा सुरक्षित वातावरणको सुनिश्चितता कसरी गर्ने ?

-नाक र मुखको सरसफाइमा ध्यान दिने, साथै नियमित रूपमा मास्क लगाउने

-संक्रमित वा संक्रमणको आशंका भएका आमाहरूले शिशुलाई स्तनपान गराउँदा अनिवार्य मास्क लगाउने ।

-संक्रमित आमाले आफूलाई आइसोलेट गर्ने ।

-स्तन वा शिशुलाई छुनुपूर्व साबुनपानीले राम्ररी हात धुने ।

-स्तनपान गराउँदा खोकी लागेमा वा हाछ्यूँ आएमा सफा रुमाल, टिस्यु पेपर वा कुहिनाले नाक र मुख छोप्ने र तुरुन्त साबुनपानीले हात धुने ।

-व्यक्तिगत सुरक्षाको उपयुक्त प्रबन्ध हुन नसकेको अवस्थामा भने हात तथा स्तनलाई साबुनपानीले धोएर सफा भाँडोमा दूध निचोरेर शिशुलाई खुवाउन सकिन्छ ।

-आफू बस्ने ठाउँ र प्रयोग गर्ने सामग्रीलाई नियमित रूपमा सफा गर्ने ।

स्तनपानबारे जान्नैपर्ने कुरा

-शिशु जन्मिने बित्तिकै एक घण्टाभित्र स्तनपान गराउने ।

-शिशु जन्मेपछि आमाको स्तनबाट आउने पहिलो पहेंलो, बाक्लो बिगौती दूध खुवाउने ।

-शिशुलाई दिन र रातमा गरी कम्तीमा १० देखि १२ पटकसम्म स्तनपान गराउने ।

-बालबालिकालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउने, पहिलो ६ महिनासम्म बालबालिकालाई आमाको दूधबाहेक अरू कुनै पनि खानेकुरा र पानी समेत नखुवाउने ।

-बालबालिकालाई ६ महिना पूरा भएपछि अन्य पोषिलो वा पूरक खानाको साथै दुई वर्ष वा सोभन्दा बढी उमेरसम्म लगातार स्तनपान गराउने ।

कोरोना संक्रमण विश्व स्वास्थ्य संगठन स्तनपान
लेखक
डा.सन्देश पौडेल, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय