+

आमा कोरोना संक्रमित भएमा बच्चालाई कसरी गराउने स्तनपान ?

२०७९ साउन  २३ गते १४:११ २०७९ साउन २३ गते १४:११
आमा कोरोना संक्रमित भएमा बच्चालाई कसरी गराउने स्तनपान ?

कोरोना संक्रमित आमाको दूधबाट शिशुलाई भाइरस सरेको अहिलेसम्म प्रमाणित नभएको हुँदा विश्व स्वास्थ्य संगठनले समेत स्तनपानलाई नियमित गर्न सिफारिस गरेको छ । तर कोभिड-१९ संक्रमित वा संक्रमणको आशंका भएका आमाहरूले शिशुलाई स्तनपान गराउँदा संक्रमण नहुने वातावरण भने सुनिश्चित गर्नु जरुरी छ ।

स्तनपान गराइरहेका महिलाले पनि कोभिड-१९ विरुद्धको खोप लगाउन सक्छन् । त्यसैले  खोप लगाउन कोही छुटेका छन् भने सबैभन्दा पहिले त खोप लगाउनुपर्‍यो । खोप लगाइसकेपछि निरन्तर रूपमा स्तनपान गराउन मिल्छ ।

शिशुलाई स्तनपान गराउँदा सुरक्षित वातावरणको सुनिश्चितता कसरी गर्ने ?

-नाक र मुखको सरसफाइमा ध्यान दिने, साथै नियमित रूपमा मास्क लगाउने

-संक्रमित वा संक्रमणको आशंका भएका आमाहरूले शिशुलाई स्तनपान गराउँदा अनिवार्य मास्क लगाउने ।

-संक्रमित आमाले आफूलाई आइसोलेट गर्ने ।

-स्तन वा शिशुलाई छुनुपूर्व साबुनपानीले राम्ररी हात धुने ।

-स्तनपान गराउँदा खोकी लागेमा वा हाछ्यूँ आएमा सफा रुमाल, टिस्यु पेपर वा कुहिनाले नाक र मुख छोप्ने र तुरुन्त साबुनपानीले हात धुने ।

-व्यक्तिगत सुरक्षाको उपयुक्त प्रबन्ध हुन नसकेको अवस्थामा भने हात तथा स्तनलाई साबुनपानीले धोएर सफा भाँडोमा दूध निचोरेर शिशुलाई खुवाउन सकिन्छ ।

-आफू बस्ने ठाउँ र प्रयोग गर्ने सामग्रीलाई नियमित रूपमा सफा गर्ने ।

स्तनपानबारे जान्नैपर्ने कुरा

-शिशु जन्मिने बित्तिकै एक घण्टाभित्र स्तनपान गराउने ।

-शिशु जन्मेपछि आमाको स्तनबाट आउने पहिलो पहेंलो, बाक्लो बिगौती दूध खुवाउने ।

-शिशुलाई दिन र रातमा गरी कम्तीमा १० देखि १२ पटकसम्म स्तनपान गराउने ।

-बालबालिकालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउने, पहिलो ६ महिनासम्म बालबालिकालाई आमाको दूधबाहेक अरू कुनै पनि खानेकुरा र पानी समेत नखुवाउने ।

-बालबालिकालाई ६ महिना पूरा भएपछि अन्य पोषिलो वा पूरक खानाको साथै दुई वर्ष वा सोभन्दा बढी उमेरसम्म लगातार स्तनपान गराउने ।

कोरोना संक्रमण विश्व स्वास्थ्य संगठन स्तनपान
लेखक
डा.सन्देश पौडेल, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपाल क्यान्सर अस्पतालमा मनाइयो अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस

नेपाल क्यान्सर अस्पतालमा मनाइयो अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस

यौनइच्छा कम हुने समस्या बढ्दै, कुनै तरिका छ बढाउने ?

यौनइच्छा कम हुने समस्या बढ्दै, कुनै तरिका छ बढाउने ?

बजारमा छ्यापछ्याप्ती ‘ट्रान्सफ्याट’ युक्त खाना, मुटु र मस्तिष्कले तिर्दैछ जुर्माना

बजारमा छ्यापछ्याप्ती ‘ट्रान्सफ्याट’ युक्त खाना, मुटु र मस्तिष्कले तिर्दैछ जुर्माना

मेडिकल काउन्सिलले तोक्यो फेलोसिप गर्ने चिकित्सकलाई न्यूनतम पारिश्रमिक

मेडिकल काउन्सिलले तोक्यो फेलोसिप गर्ने चिकित्सकलाई न्यूनतम पारिश्रमिक

होलीमा प्रयोग हुने रङ, छालामा पर्ने असर र सुरक्षित रहने उपाय

होलीमा प्रयोग हुने रङ, छालामा पर्ने असर र सुरक्षित रहने उपाय

महिनावारी सुकेपछि के उपचार गर्ने ? कस्तो औषधि खाने ?

महिनावारी सुकेपछि के उपचार गर्ने ? कस्तो औषधि खाने ?