+
+

रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा जोडिइन् मिरुना मगर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १२:३८

काठमाडौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री मिरुना मगर पनि जोडिएकी छन् । निर्देशक गुरुङका अनुसार फिल्ममा केमियो भूमिकामा उनी प्रस्तुत हुनेछिन् ।

‘कबड्डी ४’को मुख्य भूमिकामा अभिनय गरेकी मिरुना त्यसपछि फुर्वा तामाङ प्रकरणमा मुछिएकी थिइन् । यो फिल्मपछि रामबाबु र मिरुनाबीच पुनः सहकार्य हुन लागेको हो ।

फिल्ममा मिरुनाको केमियो भूमिका हुने पुष्टि गरे पनि उनको रोल के हो भन्नेबारे निर्देशकले खुलाएनन् । यशोधा फिल्म्सले निर्माण गर्न लागेको फिल्मको शीर्षक पनि ‘फूलबारी’ नै निश्चित भएको छ । यसअघि वर्किङ टाइटल पनि यही नै थियो ।

फिल्ममा अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की र प्रियंका कार्की यसअघि नै फाइनल छन् । रामबाबुले होम प्रोडक्सनभन्दा बाहिर रहेर फिल्म निर्देशन गर्न लागेका हुन् ।

मिरुना यतिबेला लण्डनमा छिन् । ‘फूलबारी’को छायांकनको लागि उनी चाँडै नेपाल फर्कने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?