+
+

अब सहचालकलाई पनि ‘परिचालक अनुमतिपत्र’

सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक( परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १६:५०
फाइल तस्वीर

२४ साउन, काठमाडौं । सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक( परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो ।

अहिले चालकलाई मात्रै अनुमतिपत्र मात्रै दिने व्यवस्था छ । यसले गर्दा परिचालकहरुले सवारीमा काम गर्ने भएपनि सवारी चलाउनै नपाउने अवस्था छ ।

कतिपय अवस्थामा परिचालहरुले चलाएको सवारी दुर्घटना हुने गरेका छन् । अब परिचालक बन्न समेत न्य”नतम् योग्यता प”रा गर्नुपर्ने गरी अनुमतिपत्रको व्यवस्था गर्न छलफल भएको हो ।

‘सबै कुरा टुंगिएका छैनन्, तर परिचालकलाई पनि अनुमतिपत्र दिनुपर्छ भन्नेमा मन्त्रीज्यूहरु एकमत हुनुभएको छ’ यातायात मनत्रालय स्रोतले भन्यो । सवारी परिचालक अनुमतिपत्रका लागि प्रदेश सरकारहरुले पनि छुट्टै कानुनी प्रवन्ध गर्नुपर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?