+
+

नेपालमा १६४ तारे होटल, ८ हजार बढीलाई प्रत्यक्ष रोजगारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १८:५३

२४ साउन, काठमाडौं । नेपालका तारे होटलले ८ हजार ५०३ जनालाई प्रत्यक्ष रोजगारी दिएको पाइएको छ । पर्यटन विभागको तथ्यांक अनुसार एक तारेदेखि पाँचतारा डिलक्स र हेरिटेज र बुटिक होटलमा समेत गरी सो संख्यामा रोजगारी सिर्जना भएको छ । यो साधारण र पर्यटकीय स्तरका होटल बाहेकको तथ्यांक हो ।

विभागको तथ्यांक अनुसार नेपालमा तारे होटलको संख्या १६४ पुगेको छ । यो संख्या विभागमा दर्ता भएर वर्गीकरणमा समावेश भएका होटलहरुको हो ।

तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै होटल दुई तारे स्तरका छन् । दुई तारे स्तरको होटल संख्या ४३ रहेकोमा यी होटलमा औसतः २७.९७ जना कामदारले काम पाएको देखिएको छ । सबैभन्दा धेरै कामदार भने पाँचतारे होटलमा कार्यरत छन् । नेपालमा कुल १६ वटा पाँच तारे होटल दर्ता भएका छन् । यी होटलमा औसतमा २४१ जना कामदारले रोजगारी पाएका छन् । होटलको संख्या बढी भए पनि औसतमा सबैभन्दा कम रोजगारी एक तारे होटलमा भएको छ । एक तारे होटलले १५.७० जनालाई रोजगारी दिएको छ ।

साधारण रिसोर्टमा औसत २२.५६ जनालाई रोजगारी

विभागका अनुसार अहिले पर्यटन विभागमा १०९ वटा साधारण रिसोर्ट दर्ता भएका छन् । यी रिसोर्टले २ हजार ४६० जनालाई रोजगारी दिएका छन् । सो आधारमा साधारण रिसोर्टले औसत २२.५६ जनालाई रोजगारी प्रदान गरेको विभागको तथ्यांकले देखाएको छ ।

साधारण रिसोर्टमा कुल २ हजार ३३६ वटा कोठा र ती कोठामा ४ हजार ६२ वटा शय्या रहेको विभागले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?