+
+

नुवाकोट र रसुवामा पहिरो : सडक-पुल भत्किए, धानखेत पनि बगे

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १०:१९

२५ साउन, काठमाडौं । गएरातिको वर्षासहितको बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्याउँदा यातायात आवागमन अवरुद्ध भएको छ । कतिपय स्थानमा किसानका धान खेतसमेत पहिरोले बगाएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग नै पहिरोले भत्काउँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको छ । प्रहरीका अनुसार त्यहाँ वैकल्पिक बाटो बनाउने प्रयास भइरहेको छ । पासाङ ल्हामुमा क्षति पुग्दा गोसाइँकुण्ड जाने पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तादी नदीमाथि बनेका कतिपय पक्की पुलहरु भत्किएका छन् । नुवाकोट प्रहरीका अनुसार पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका र लिखु गाउँपालिकामा सडक र पुलमा क्षति पुगेको छ ।

सडक र पुल भत्किंदा टोखा–छहरे सडकखण्डमा यातायात अवरुद्ध भएको छ । देवीकोटको मन्दिर, खैरहनी पुल लगायतमा पनि पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

यसैगरी नुवाकोटको दुप्चेस्थित बुद्धभूमि हाइड्रोपावरको ड्याम भत्किएपछि त्यहाँ फसेका दुई जना कर्मचारीहरुलाई आज बिहान प्रहरीले उद्धार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?