+
+

सोमबार यता नेप्सेमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १५:३२

२५ साउन, काठमाडौं । सोमबार यता सेयर बजारमा निरन्तर गिरावट आएको छ । साताको चौथो कारोबार दिन बुधबार परिसूचक नेप्से ५.११ अंक (०.२५ प्रतिशत) ले गिरावट हुँदा २०५७.६८ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । बुधबार उत्पादनमुलक र लगानी उपसूचक बाहे सबै उपसूचक घटेको छ । उत्पादनमुलक उपसूचक ०.५ प्रतिशत र लगानी उपसूचक ०.६९ प्रतिशतले बढेको छ । व्यापार उपसूचक सर्वाधिक १.४९ प्रतिशतले गिरावट हुँदा अरु उपसूचकहरुमा भने १ प्रतिशत भन्दा कमको गिरावट भएको छ ।

पछिल्लो समय लगातार २ अर्ब नाघिरहेको कारोबार रकम बुधबार २ अर्बबाट तल झरेको छ । मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार ४६ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये नागरिक लगानी कोषको सर्वाधिक १० करोड ६८ लाख ७९ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ८८ लाख ४८ हजारको कारोबार भएको छ ।

बुधबार बजारमा १८२ कम्पनीको सेयर कारोबारमा आएकोमा ११९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५६ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयमूल्य भने स्थिर रहेको छ ।

बुधबार कारोबार भएकोमध्ये हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै युनिलिभर नेपालको सेयरमूल्य ४.३० प्रतिशतले वृद्धि भएको छ । यता मर्जरपछि एकीकृत कारोबार सुरु गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा हिमालयन पावरको सेयरमूल्य ३.७२ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?