+
+

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १९:३५

२५ साउन, काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले उनका समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री खड्का र उनका समकक्षी विदेशमन्त्री यीबीच सान्दोङ प्रान्तको छिङ्दावमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हित र साझा सरोकारबारे क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मंगलबार चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?