+
+

धनुषामा १२ हजार मतदाता थपिए

रासस रासस
२०७९ साउन २५ गते २०:२९

२५ साउन, धनुषा । धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।

स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेखि साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा छ हजार नौ सय ९८ पुरुष र पाँच हजार १९ महिला मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णचन्द राउतले जानकारी दिए ।

जिल्ला बाहिरका तीन सय १२ पुरुष र एक सय ३८ महिला मतदातासमेत थपिएका छन् ।

मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु भइरहेको र आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको भन्न सकिने राउतको भनाइ छ ।

आयोगले धनुषामा निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय र यदुकाहास्थित इलाका प्रहरी कार्यालयबाट मतदाता नामावली सङ्कलन गरेको थियो । गत वैशाख ३० गतेसम्म स्थानीय तह निर्वाचनमा धनुषामा चार लाख ६७ हजार तीन सय ८८ मतदाता थिए ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?