+
+

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था सुधारोन्मुख

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १३:३७

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले विज्ञप्ति मार्फत नेता गिरीको अवस्थामा सुधार देखिएको जनाएको छ ।

सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘…नेपाल आउन साथ निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको बुझिएको छ ।’

घाँटीमा देखिएको क्यान्सरको उपचारका लागि भारत गएका उनी स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएका थिए ।

यस्तै नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सदस्य कर्मा घले पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्‍न अस्पतालहरुमा उपचार गराई नेपाल फर्किए पनि पुनः स्वास्थ्य समस्या देखिएको छ । उनले ललितपुर कै नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा थप उपचार गराइरहेका विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?