+
+

दयाहाङलाई प्रश्न : तपाईंंका अधिकांश फिल्म किन ‘कबड्डी’जस्तै लाग्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १५:०२

काठमाडौं । अभिनेता दयाहाङ राई र पत्रकारबीच फिल्म ‘फूलबारी’को जमघटमा केही रस्साकस्सी पर्‍यो । तपाईंले अभिनय गर्ने सबै फिल्म एउटै प्यार्टनको देखिन्छ नि भनेर सोधिएको जिज्ञासामा दयाहाङ ‘कूटनीतिक’ सुनिए ।

आफूले पटकथा पढेरै फिल्ममा साइन गर्ने भएपनि समस्या दृश्यभाषा रुपान्तरणमा हुने उनको जवाफ थियो । पछिल्लो साता रिलिज भएको फिल्म ‘२ नम्बरी’को टीजर दयाहाङ अभिनित ‘कबड्डी’ सिरिजसँग मिल्दोजुल्दो भएको भन्दै चर्चा चलिरहेको छ ।

कतै यो शैली पुनः फूलबारीमा देखिने त होइन भन्दै प्रश्न सोधिएको थियो । दयाहाङले कूटनीतिक उत्तर दिँदै समस्यालाई निर्देशकतर्फ देखाउँदै आफू पन्छिन खोजेको संकेत दिए । हुन त, फिल्म निर्देशककै अभिव्यक्ति न हो ।

दयाहाङको जवाफ

मैले यो प्रश्नको जवाफ धेरैपटक दिएको छु । ‘लुट’ आएपछि त्यस्ता फिल्म धेरै आए, ‘कबड्डी’ आएपछि त्यस्ता फिल्म धेरै आए भन्ने कुराहरु स्वभाविक नै हुन् । मलाई भन्दा पनि यो प्रश्न निर्देशक र लेखकलाई सोध्नुभयो भन्दा उत्तर पाउनुहुन्छ होला ।

फिल्मको कुरा गर्दा, जुन मलाई मनपर्छ र सहज हुन्छ, त्यसमा मैले काम गर्ने हो । काम गर्दै जाँदा घरीघरी त्यस्तो होला । सँगैसँगै आउँदा त्यस्तो लाग्नु स्वभाविक होला । कोसिस भइराखेको छ धेरै फिल्ममा । बाहिर गएर हेर्दा पनि त्यस्तै त्यस्तै फिल्म देखिन्छ ।

एउटा समय र सोचले त्यस्तो निर्माण हुन्छ होला ।

गम्भीर रुपमा मेरो जिम्मेवारी छ । मैले गरेको काममा एउटै सेटिङ र चरित्रकरण देखिंदैन । स्क्रिप्टमा कुनै गाउँको सेटिङ देखिन्छ भने, कबड्डीमा पनि गाउँको वर्णन त्यसैगरी देखिन्छ । घाम यताबाट आउँछ, खोला यसरी नै बगेको छ भन्ने कुरा देखिन्छ । दुई नम्बरी फिल्मको कुरा गर्दा पनि त्यसरी नै देखिन्छ सेटअप ।

सहरको कुरा गर्दा गाडी यसरी कुद्छ, बाइक यसरी कुद्छ भन्ने कुरा लेखिन्छ होला । त्यसलाई भिजुअलको रुपमा निकाल्दाखेरि त्यो समस्या हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?