+
+

‘लाल सिंह चड्ढा’को कमजोर ओपनिङको सन्देश : अब ठूलो पर्दालाई योग्य फिल्म बनाऊ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १२:४६

काठमाडौं । चार वर्षको पुनरागमनपछि आमिर खानले पक्कै पनि आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’बाट नाटकीय सम्भावनाको अपेक्षा राखेका थिए ।

अपेक्षाविपरित अद्वेत चन्दन निर्देशित फिल्मले भारतीय बक्स अफिसमा ११.५० करोड भारुको ओपनिङ गरेको छ । लगानी उठाउन मुस्किल हुने किसिमले राष्ट्रिय मल्टिप्लेक्सले यसलाई न्यून शो दिएका थिए ।

‘लाल सिंह चड्ढा’को ओपनिङ यसअघि खराब ओपनिङ गरेको भनिएका कबीर खान निर्देशित ‘८३’ र फरहाद सम्जी निर्देशित ‘बच्चन पाण्डे’को भन्दा पनि खराब हो । तुलनात्मक कुन खराब भन्ने मात्र हो ।

खासगरी भारतीय मास बेल्ट भनिने फिल्म बजारमा ‘लाल सिंह चड्ढा’को प्रदर्शन निकै खराब थियो । सहरभन्दा बाहिर फिल्मले अब राम्रो गर्ला भन्ने आशा हामी राख्न सक्दैनौं ।

‘लालसिंह चड्ढा’को ओपनिङले वास्तवमा बलिउडलाई स्तब्ध तुल्याएको छ । साथै, बलिउडलाई पुनर्विचार र पुनर्संरचना गर्नुपर्छ भन्ने पछिल्ला बहसलाई बल पनि दिएको छ । किनभने जस्तोसुकै खराब परिस्थितिमा पनि आमिर खानको फिल्मले १५ करोड भारु कमाउँथ्यो ।

ओपनिङको सन्देश चर्को र स्पष्ट छ- अब ठूलो पर्दाका लागि योग्य फिल्म बनाऊ ।

‘लाल सिंह चड्ढा’को ट्रेलरले निकै विवाद निम्ताएको थियो र बजारीकरण शैली पनि जसले दर्शकलाई तान्नेभन्दा चिढ्याउने काम ग¥यो । भारतमा पछिल्लो साता छुट्टीले भरिएको समय हो र अहिले पनि फिल्मलाई आफ्नो साख जोगाउने समय छ ।

तर ओपनिङ हेर्दा लाग्छ, ‘लाल सिंह चड्ढा’ले ठूलो अंकमा कमाइ गर्ने सम्भावना अब समाप्त भएको छ ।

बिहीबार नै रिलिज भएको अक्षयकुमार स्टारर फिल्म ‘रक्षाबन्धन’ले ८.२० करोड भारु ओपनिङ गरेको छ । यो फिल्मले सहरमा कम र मास सेन्टर हलहरुमा राम्रो कमाइ गरेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?