+

चिनी खान चटक्कै छोड्दा के हुन्छ ?

२०७९ साउन  २७ गते १७:०१ २०७९ साउन २७ गते १७:०१
चिनी खान चटक्कै छोड्दा के हुन्छ ?

काठमाडौं । कुनै शुभकार्यमा वा खाना खाइसकेपछि अन्तिममा मिठाइ वा केही गुलियो खाने चलन छ । मिठाइ भनेपछि सबैको मुख रसाइहाल्छ, अनि गुलियो खानेकुरा एकपटक खाँदैमा केही हानी गर्दैन भन्ने सोचेर हामी खाइहाल्छौं ।

चिकित्सकहरु पनि एक–दुईपटक गुलियो खानेकुरा खाँदैमा स्वास्थ्यमा हानी नपुर्‍याउने, तर यसको नियमित सेवनले भने असर गर्ने बताउँछन् ।

मानव शरीरलाई ऊर्जाको लागि प्राकृतिक चिनी चाहिन्छ । जुन हामीले दैनिक रूपमा खाने खानाबाट प्राप्त गरिरहेका हुन्छौं । तर चिनीको अधिक सेवनले शरीरमा कस्तो असर गर्छ ? चटक्कै चिनी खान छाड्दा के हुन्छ ? भन्ने विषयमा पोषणविद् प्रतिमा सेन केसीसँग गरिएको कुराकानी :

पोषणविद् प्रतिमा सेन केसी

चिनी वा चिनीजन्य खानेकुरा खाएपछि शरीरमा के हुन्छ ?

चिनीमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । जसलाई शरीरले छिटो सोस्छ र रगतमा ग्लुकोजको मात्रा बढाउँछ । यसको अत्यधिक सेवनको मोटोपन, मधुमेह जस्ता स्वास्थ्य समस्या देखा पर्न सक्छन् ।

चिनीको कुन तत्वले कस्तो हानी गर्छ ?

हामीले धेरै चिनी सेवन गर्‍र्यौं भने यसमा भएको कार्बोहाइड्रेट शरीरमा जम्मा हुन्छ । अनि शरीरमा खराब कोलेस्ट्रोल बढाउने, रगतमा ग्लुकोज बढाउने गर्छ । चिनी तथा गुलियो खानेकुरा खाँदा हाम्रो मस्तिष्कले खुसी हुने हर्मन उत्पादन गर्छ । त्यसैले आज गुलियो खाएमा भोलिपल्ट पनि गुलियो नै खानेकुरा खान मन लाग्छ । यसको धेरै सेवनले मोटोपन, मधुमेह र कोलेस्ट्रोलको समस्या निम्ताउँछ ।

चटक्कै चिनी छाड्दा के हुन्छ ?

हामीले दैनिक खाने खानाबाट नै शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट प्राप्त गर्ने भएकाले चिनी चटक्कै छाड्दा पनि केही नराम्रो असर गर्दैन । प्रोटिन फ्याट दैनिक सेवन गर्नुपर्छ । यस्ता खानेकुरा चटक्कै छाड्दा हाम्रो शरीरमा सूक्ष्म पोषक तत्त्वको कमी हुन सक्छ ।

तर कार्बोहाइड्रेट हामीले अन्य खानाको स्रोतबाट पनि प्राप्त गर्ने भएकाले कार्बोहाइड्रेटका लागि चिनी खाइरहनु पर्दैन । त्यसैले चटक्कै चिनी छाड्दा स्वास्थ्यमा केही नकारात्मक असर गर्दैन ।

सेतो चिनी भन्दा खैरो चिनी खानु राम्रो हो पनि भनिन्छ, त्यस्तो हो ?

अहिले सेतो चिनी हानिकारक छ त्यसैले खैरो चिनी खानुपर्छ भन्ने पनि सुनिन्छ । तर सेतो चिनी र खैरो चिनी दुवैमा क्यालोरी उत्तिकै मात्रामा हुन्छ । स्वाद र रंगमा मात्र फरक हुने भएकाले खैरो चिनी खानु र सेतो चिनी खानु दुवै स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन । त्यसैले कुनै पनि प्रकारको चिनी सेवन नगर्दा नै राम्रो हुन्छ ।

हामी दैनिक के कति चिनीजन्य खानेकुरा खाइरहेका हुन्छौं ?

कति चिनीजन्य खानेकुरा खाइरहेको भन्ने कुरा व्यक्तिमा भर पर्छ । एक टेबल चम्चा चिनीमा करिब १५ ग्राम कार्बोहाइड्रेट र ६० क्यालोरी हुन्छ । त्यसैले कुनै व्यक्तिले दिनमा दुई कप चिया खान्छन् भने १२० क्यालोरी प्राप्त गर्छ ।

शरीरलाई दैनिक १६ सयदेखि १८ सय क्यालोरी चाहिन्छ । जुन हामीले दैनिक खाने भात, आलु र फलफूलबाट प्राप्त गरिरहेका हुन्छौं । हामीले कार्बोहाइड्रेट अन्य स्रोत बाहेक सामान्यतया पनि दैनिक १० देखि १५ ग्राम चिनीजन्य खानेकुरा सेवन गरिरहेका हुन्छौं । यसको अर्थ हामीले शरीरलाई चाहिने भन्दा धेरै कार्बोहाइड्रेट सेवन गरिरहेका छौं ।

चिनी स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

चिन्ता र डिप्रेसन : के छ यी दुईबीचको फरक ?

चिन्ता र डिप्रेसन : के छ यी दुईबीचको फरक ?

बढ्दो क्यान्सर, न्युन उपचार र नियन्त्रणमा बेवास्ता

बढ्दो क्यान्सर, न्युन उपचार र नियन्त्रणमा बेवास्ता

मानसिक स्वास्थ्यबारे युवाहरूको मौनता : समाजको एक चुनौती

मानसिक स्वास्थ्यबारे युवाहरूको मौनता : समाजको एक चुनौती