+
+

१९ जीवन बीमा कम्पनीले आर्जन गरे बीमा शुल्कबाट १ खर्ब ३९ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १८:४६

२७ साउन काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा करिब एक खर्ब ३९ रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा १९ जीवन बीमा कम्पनीले एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । जुन कुल बीमा शुल्क आर्जनको २९.९० प्रतिशत हो ।

गत आवमा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क अघिल्लो अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा १४.६३ प्रतिशतले बढेको समितिले जनाएको छ । आव २०७७/७८ मा जीवन बीमा कम्पनीले एक खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

कुल बीमा शुल्क संकलनमध्ये प्रथम बीमा शुल्क ४१ अर्ब ४४ करोड ७० लाख रहेको समितिले जनाएको छ । यस्तै नवीकरण बीमा शुल्क ९७ अर्ब १९ करोड ३५ लाख रहेको छ ।

बीमा कम्पनीहरुले असार २०७९ मा मात्रै १७ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये प्रथम बीमा शुल्क ७ अर्ब १० करोड ६० लाख र नवीकरण बीमा शुल्क १० अर्ब ५६ करोड ८६ लाख रहेको छ ।

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ

गत आर्थिक वर्षमा सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ३५ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमध्ये नवीकरण बीमा शुल्क २८ अर्ब १ करोड १२ लाख र प्रथम बीमा शुल्क ७ अर्ब ३७ करोड २४ लाख छ ।

कुल बीमा शुल्क संकलनमा दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन १८ अर्ब २२ करोड लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। जसमध्ये प्रथम बीमा शुल्क ३ अर्ब ११ करोड ९२ लाख र नवीकरण बीमा शुल्क १५ अर्ब १० करोड ४१ लाख रहेको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ अर्ब ३३ करोड ९७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ। जसमध्ये प्रथम बीमा शुल्क ४ अर्ब ६८ करोड ३५ लाख र नवीकरण बीमा शुल्क ९ अर्ब ६५ करोड ६२ लाख रहेको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ९६ करोड २९ लाख र नवीकरण बीमा शुल्क ७ अर्ब ५१ करोड २५ लाख रहेको छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा लाइसेन्स पाएर २०७४ बाट कारोबार सुरु गरेको युनियन लाइफले एशियन लाइफ, मेट लाइफ, सूर्या लाइफ, प्राइम लाइफ र गुँरास लाइफ इन्स्योरेन्सलाई कुल बीमा शुल्क संकलनमै पछाडि छोडेको छ । कम्पनीको ७ अर्ब ९२ करोड ३९ लाख बीमा शुल्क आर्जन गर्दा २ अर्ब ५१ करोड ९९ लाख प्रथम बीमा शुल्क र ५ अर्ब ४० करोड ४० लाख नवीकरण बीमाशुल्क आर्जन गरेको छ ।

प्रथम बीमा शुल्क आर्जनमा नयाँ जीवन बीमा कम्पनीको रुपमा आएको सिटिजन्स लाइफ चौथो स्थानमा पुगेको छ । कम्पनीको २ अर्ब ८२ करोड ७८ लाख प्रथम बीमा शुल्क र २ अर्ब ६० करोड २७ लाख नवीकरण गरी कुल ५ अर्ब ४३ करोड ५ लाख बीमा शुल्क आर्जन गरेको छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा आएको रिलायवल लाइफ पनि प्रथम बीमा शुल्क आर्जनमा पुराना कम्पनीलाई पछि छोडेको छ । कम्पनीले २ अर्ब ४० करोड २२ लाख प्रथम बीमा शुल्क र १ अर्ब ५४ करोड ७२ लाख नवीकरण सहित २ अब ९४ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रथम बीमा शुल्क आर्जनमा सबैभन्दा पछाडि गुँरास लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीलाई कान्छो जीवन बीमा कम्पनीको रुपमा लाइसेन्स पाएको महालक्ष्मी लाइफले पछि पारेको छ । महालक्ष्मी लाइफले प्रथम बीमा शुल्क ८५ करोड १३ लाख र नवीकरण बीमा शुल्क ७३ करोड ५६ लाख सहित कुल १ अर्ब ५८ करोड ६९ लाख बीमा शुल्क आर्जन गरेको छ । सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गर्ने कम्पनी भने महालक्ष्मी लाइफ हो ।

गुराँस लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क ६४ करोड ८७ लाख र नवीकरण बीमा शुल्क २ अर्ब ४३ करोड १९ लाख सहित कुल ३ अर्ब ८ करोड ६ लाख बीमा शुल्क आर्जन गरेको छ ।

१९ जीवन बीमा कम्पनी प्रथम, नवीकरण र कुल बीमा शुल्क

आर्थिक वर्ष २०७८/७९ को जीवन बीमा कम्पनीको व्यावसायिक अवस्था 

बीमक

प्रथम बीमा शुल्क (रु.लखमा ) नवीकरण बीमा शुल्क  (रु.लखमा )

कुल बीमा शुल्क  (रु.लाखमा)

नेपाल लाइफ ७३७२४.३७ २८०१११.९८ ३५३८३६.३५
एलआईसी नेपाल ३११९१.७ १५१०४१.२८ १८२२३२.९८
नेशनल लाइफ ४६८३४.५३ ९६५६२.४४ १४३३९६.९७
राष्ट्रिय बीमा संस्थान ९६३९.३६ ७५१२४.३८ ८४७६३.७४
युयिन लाइफ २५१९८.९५ ५४०४०.१ ७९२३९.०५
एशियन लाइफ २१४१४.९५ ४७३४८.०९ ६८७६३.०४
सिटिजन्स लाइफ २८२७८.३५ २६०२६.८८ ५४३०५.२३
मेट लाइफ १४६९०.०४ ३७६२६ ५२३१६.०४
सूर्या लाइफ १९९१२.८ ३००३०.८१ ४९९४३.६२
प्राइम लाइफ १२७३७.४९ ३३२८३.५४ ४६०२१.०३
रिलायवल लाइफ २४०२२.१४ १५४७२.४२ ३९४९४.५६
ज्योति लाइफ १८५८६.३९ १९५१२.८७ ३८०९९.२६
आईएमई लाइफ १५४९४.६१ १९९०४.६५ ३५३९९.२६
सन नेपाल लाइफ १८९१९.४२ १४६९०.४ ३३६०९.८१
रिलायन्स लाइफ १४१८२.४ १७०९७.६२ ३१२८०.०२
गुराँस लाइफ ६४८६.८२ २४३१८.९७ ३०८०५.७९
प्रभू लाइफ १४४६७.६६ ९४५८.९ २३९२६.५६
सानिमा लाइफ १०१७५.६१ १२९२७.५९ २३१०३।२०
महालक्ष्मी लाइफ ८५१२.८२ ७३५५.७६ १५८६८.५८
जम्मा ४१४४७० ९७१९३४.६८ १३८६४०५.०९
स्रोत : बीमा समिति 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?