+
+
कविता :

अर्को कान खोइ ?

साँच्चै,
यौटै मात्र कानले हुन्छ त सरकार ?
अर्को कान खोइ ?

डा. ईश्वरमणि अधिकारी डा. ईश्वरमणि अधिकारी
२०७९ साउन २९ गते १०:४०

अब ढुक्क हुनु साहिंला
सरकारले आफ्नो कान
भेट्टाएको छ –
अब सुनिन्छ, तिम्रा कुरा सुनिन्छ !
# # #
चर्को बोल्नु पर्दैन
जुलूस, धर्ना पर्दैन
भो पर्दैन, नाराबाजी पनि पर्दैन
के को जिन्दावाद
मुर्दावाद सडकमा
व्यर्थै किन
बाझाबाझ सदनमा
सबको निदान भेटिएको छ
सरकारले कान भेट्टाएको छ ।
# # #
निमुखाको आर्तनाद
आवाजविहीनको आवाज
र,
भोका नाङ्गाको आक्रोश
आजसम्म पनि
किन सुनिएन भन्थें
सरकार कै कान हराएर पो रहेछ त !
# # #
धेरै भयो
गाउँगाउँमा सिंहदरबार पुगेको पनि धेरै भयो
त्यसपछि त झन्
किसानले मल
मजदुरले पसिनाको मूल्य
अनि,
बिरामीले एक मुठी पानी माग्दा पनि
सरकारहरू किन सुन्दैनन् भन्थें
कुरा यस्तो पो रहेछ ।
# #
निर्मलाहरूको चित्कार
किन सुनिएन भन्थेँ
वर्षौंदखि
नमिता, सुनिताका क्रन्दन
उखु किसानको रोदन
गाउँबाट गाउँ हराएको
र,
बस्तीमा बाढी पसेको खबर
किन सुनिएनन् भन्थें
कुरा यस्तो पो रहेछ !
# # #
कान हराए देखुन्
सरकारलाई चश्मा अड्याउनसमेत कष्ट छ
न नजिक देख्छ
न टाढा ठम्याउँछ
सरकारले बुझ्ने भनेकै
विदेशी कानेखुसी
र ,
इशारा मात्रै त’थ्यो- कान हराए’सी
अब ढुक्क भै साहिंला,
काने पोखरीमा
यौटा कान भेटिएको छ सरकारको
अब देश लयमा फर्कियो !
# # #
साँच्चै,
यौटै मात्र कानले हुन्छ त सरकार ?
अर्को कान खोइ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?