+
+
Shares

‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु ?’

ओलीले भने, ‘जसले आफ्नै प्रपर्टी, सिंगै प्रपर्टी डोनेट गर्छ, अनि उसले भ्रष्टाचार गरेर कलाई खुवाउने ? मसँग छ भने मैले तपाईंलाई खुवाउन सक्छु, छैन भने भ्रष्टाचार गरेर म किन खुवाउँछु ?’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १०:३८

२९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेर अरुलाई खुवाउने काम आफूबाट नहुने बताएका छन् । तर सबै भ्रष्ट छन् भनेर हल्ला चलाइएको उनले गुनासो गरे । सबै भ्रष्ट हुन् भनेर हल्ला चलाउनेहरु नै भ्रष्ट भएको ओलीको भनाइ छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘जसले आफ्नै प्रपर्टी, सिंगै प्रपर्टी डोनेट गर्छ, अनि उसले भ्रष्टाचार गरेर कलाई खुवाउने ? मसँग छ भने मैले तपाईंलाई खुवाउन सक्छु, छैन भने भ्रष्टाचार गरेर म किन खुवाउँछु ?’

उनले थपे, ‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु ? त्यसकारण यो कुरा सम्भव छैन ।’

स्पष्ट दृष्टिकोण नभएका र केही काम गर्न नसक्नेहरुले अरुले राम्रो काम गरेको देखेपछि नकारात्मक हल्ला चलाउने गरेको ओलीको भनाइ छ ।

उनले भने, ‘गन्तव्य तोकेर अगाडि बढ्न सक्ने कोही नहुँदाखेरि अर्काले गर्यो भने सबै उस्तै हो, कसैले पनि केही गर्न सक्दैन, कसैले पनि केही देख्दैन, कसैले पनि केही गर्दैन, कसैसँग भिजन छैन, यस्तो हल्ला चलाउँछन् । अर्को के चलाउँछन् भने अल आर करप्ट (सबै भ्रष्ट छन्) । अफकोर्स दे आर करप्ट ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?