+
+

सिके राउतको जनमत पार्टी र पिछडा वर्गले एउटै चिह्नमा चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १२:१३

२९ साउन, काठमाडौं । जनमत पार्टी र पिछडा वर्ग निषाद दलित जनजाति पार्टीले एउटै चिह्नमा चुनाव लड्ने भएका छन् ।

दुई पार्टीबीच भएको छलफलमा अर्को पार्टी जनमतकै निर्वाचन चिह्न लाउडस्पिकर (हर्न)मा चुनाव लड्न तयार भएको हो ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ । उक्त निर्वाचनमा सहकार्य गर्ने दुई पार्टी सहमत भएका हुन् ।

सहमति पत्रमा जनमतका अध्यक्ष सि.के.राउत र पिछडाका अध्यक्ष प्रितम मुखियाले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?