+
+

दुई गोल र दुई असिस्ट गर्दा पनि किन निराश भए जेसस ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १२:३१

२९ साउन, काठमाडौं । प्रिमियर लिगमा शनिवार राति आर्सनलले लेस्टर सिटीलाई ४-२ ले हराएको खेलमा गाब्रिएल जेसस चारै गोलमा संलग्न रहे । घरेलु मैदानमा डेब्यु गर्दै दुई गोल गरेका उनले दुई असिस्ट पनि गरे ।

उनको आगमनले आर्सनलको टिमका अरु खेलाडीलाई पनि सहयोग र फाइदा पुगेको छ । तर खेलपछि आर्सनलका प्रशिक्षक मिकेट अर्टेटलाले भने जेसस निराश रहेको खुलासा गरे । कारण थियो जेससले चार गोल गर्न नसक्नु ।

‘उनको विचारमा उनले चार गोल गर्नुपर्थ्यो । त्यो मानक हो, त्यो मानसिकता हो जुन तपाईँलाई फरक स्तरमा जान आवश्यक छ,’ लेस्टरमाथि शानदार जितपछि अर्टेटाले भने ।

जेससले पहिलो हाफमै दुई गोल गरेका थिए । उनको पहिलो गोल निकै चलाखीपूर्ण थियो । दोस्रो गोल हेडरमार्फत थियो ।

प्रिमियर लिगमा घरेलु मैदानमा पहिलो खेल खेल्दा आर्सनलका कुनै खेलाडीले दुई गोल गरेका थिएनन् । २४ वर्षीय ब्राजिलयन स्ट्राइकर जेससले त्यसपछि तेस्रो गोलका लागि ग्राइन्ट जाका र चौथो गोलका लागि गाब्रिएल मार्टिनेलीलाई असिस्ट गरे ।

‘हामीलाई थाहा छ कि उनले के गर्न सक्छन्,’ अर्टेटाले भने ‘मलाई उनको विरुद्ध खेल्न मन लाग्दैन । म कहिल्य डिफेण्डर भइन । तर मैले सोच्न सक्छु ।’ अर्टेलाले जेससले कुनै पनि क्षण र चरणमा खेल्न सक्ने र त्यो खतरा रहने बताए ।

जेससलेको आगमनले मार्टिनेली र बुकायो साकालाई अर्को स्तरमा पुर्‍याउन सहयोग भएको पनि अर्टेटाको विश्वास छ । ‘मलाई लाग्छ कि यसले हरेक दिन स्ट्यान्डरलाई माथि पुर्‍याउँछ । जसरी उनले कुरा गरिरहेका छन् । जसरी एक अर्कामा जोडिरहेका छन्’, अर्टेटाले भने, ‘मलाई लाग्छ कि यो धेरै स्वाभाविक छ तर चाँडै गर्नु यो धेरै प्रभावशाली छ ।’

यसै समरमा च्याम्पियन म्यानचेस्टर सिटीबाट आर्सनल पुगेका जेससले आफू आर्सनलमा खुशी रहेको बताए । ‘म धेरै खुसी छु किनभने हामीले कडा प्रतिद्वन्द्वी विरुद्ध धेरै राम्रो खेल्यौं । म गोल गर्नका लागि हरेक दिन महिनेत गर्छु’, जेससले भने, ‘म म्यानचेस्टर सिटीमा दु:खी थिएन, म मात्र धेरै खेल्न चाहन्थें र क्लबले बुझ्यो ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?