+
+

सलमान रुस्दीमाथि आक्रमणलगत्तै हलिउड लेखिका जेके रोलिङलाई पनि धम्की- अब तिम्रो पालो !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १८:३६

काठमाडौं । चर्चित हलिउड सिरिज ‘ह्यारी पोर्टर’की लेखिका जेके रोलिङलाई पनि ज्यान मार्ने धम्की आएको छ । लेखक सलमान रुस्दीमाथि भएको आक्रमणविरुद्ध अभिव्यक्ति दिएकी पोर्टरलाई अब तिम्रो पालो भन्दै ट्वीटरमार्फत धम्की आएको हो ।

पोर्टरले गत शुक्रबार रुस्दीमाथि आक्रमण भएपछि ट्वीटरमार्फत निन्दा गरेकी थिइन् । हलिउड स्टुडियो वार्नर ब्रोज डिस्कभरीले पनि पोर्टरमाथि आएको धम्कीको निन्दा गरेको छ ।

रुस्दीमाथि आक्रमण भएलगत्तै ह्यारी पोर्टरले लेखेकी थिइन्, ‘यतिबेला निकै कठिन महसुस गरेकी छु । उनलाई मुक्त हुन देऊ ।’

असिफ अजिज नामक ट्वीटर प्रयोगकर्ताले पोर्टरलाई मेन्सन गर्दै अब तिम्रो पालो भन्दै लेखेपछि पोर्टरले ट्वीटरको सहयोग मागेकी थिइन् ।

वार्नर ब्रोजले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी जेके रोलिङमाथि भएको धम्कीको निन्दा गर्छौंं । हामी उनीसहित सबै लेखक, सिर्जनाकर्ता र कथाकारसँग उभिएका छौं, जसले साहसपूर्वक आफ्ना रचनात्मक विचार व्यक्त गरिरहेका छन् । हामी यतिबेला सलमान रुस्दी र परिवारसँग सहानुभूति राख्छौं ।’

७५ वर्षीय लेखक रुस्दीलाई आइतबार भेन्टिलेटरबाट निकालिएको छ र उनी अहिले बोल्न सक्ने भएका छन् । आइतबार नै राष्ट्रपति जो बाइडेनले पनि रुस्दीमाथि भएको आक्रमणको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?