+
+

रियल मड्रिडको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते ६:१७

३० साउन, काठमाडौं । ला लिगाको साविक विजेता रियल मड्रिडले नयाँ सिजनको पहिलो खेलमा अल्मेरियालाई २-१ ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ ।

अल्मेरियाको मैदानमा रियलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ३ अंक जोडेको हो ।

खेलको छैटौं मिनेटमै लार्जी रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अल्मेरियाको अग्रता कायम रहे पनि दोस्रो हाफमा रियल खेलमा फर्कियो ।

लुकास भाज्क्वेजले ६१ औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए । त्यसपछि डेभिड अलावाले ७५औं मिनेटमा फ्रि-किकमार्फत विजयी गोल गरे ।

बुधबार भएको युइएफए सुपर कपमा इङट्राट फ्रांकफर्टलाई हराएर उपाधि जितेको रियल उच्च मनोबलका साथ मैदानमा उत्रेपनि पहिलो खेलमै संघर्ष गर्नुपरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?