+
+

मोटोरोलाले ल्यायो २०० मेगापिक्सेल क्यामरा भएको पहिलो स्मार्टफोन

१४ मिनेटमै फुलचार्ज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १४:३४

३० साउन, काठमाडौं । मोबाइल फोन निर्माता कम्पनी मोटोरोलाले २ सय मेगापिक्सेलको क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन लञ्च गरेको छ ।

हाल चिनिया बजारका लागि मात्रै उत्पादन गरिएको उक्त स्माटफोनको नाम Moto X30 Pro रहेको छ ।

उक्त स्मार्टफोनमा Snapdragon 8+ Gen 1 को प्रोसेसर रहेको छ भने pOLED डिस्प्ले प्यानल राखिएको छ ।

Moto X30 Pro मा १२ गिगाबाइटको LPDDR5 र्याम तथा ५१२ गिगाबाइट सम्मको UFS 3.1 स्टोरेज उपलब्ध छ ।

उक्त स्मार्टफोनमा २ सय मेगापिक्सेलको मुख्य क्यामरासँगै ६० मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । Moto X30 Pro फोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ र यो विश्वकै पहिलो २ सय मेगापिक्सेल प्राइमरी क्यामरा सेन्सर भएको फोन हो ।

साथै यसमा ५० मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र १२ मेगापिक्सेलको तेश्रो टेलिफोटो शूटर क्यामरा रहेको छ ।

Moto X30 Proविभिन्न तीनवटा स्टोरेज अप्सनमा उपलब्ध छ । ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएको मोडेलको मूल्य ३ हजार ६९९ युआन तोकिएको छ । त्यस्तै १२ जिबी र्याम र २५६ जिबी स्टोरेजवाला फोनको मूलय ४ हजार १९९ युआन छ भने १२ जिबी र्याम र ५१२ जिबी स्टोरेजयुक्त फोनको मूल्य ४ हजार ४९९ तोकिएको छ ।

यो स्मार्टफोनमा ६.७३ इन्चको फूल एचडी प्लस pOLED डिस्प्ले छ जसमा १४४ हर्ज रिफ्रेस रेट रहेको छ । स्मार्टफोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि उपलब्ध छ ।

Moto X30 Pro मा १२५ वाटको फास्ट चार्जिङ उपलब्ध छ । यसको ब्याट्री ४५०० मिलिएम्पियर आवर क्षमताको रहेको छ ।

कम्पनीका अनुसार यो स्मार्टफोनको ब्याट्री केवल १४ मिनेटमै पूरा चार्ज हुन्छ । यसमा ५० वाटको वायरलेस चार्जिङ पनि रहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?