+
+

सानिमा बैंकको तीजको कोसेली योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १८:००

काठमाडौं । सानिमा बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा महिलाहरुलाई लक्षित गरी ‘तीजको कोसेली योजना’ सार्वजनिक गरेको छ ।

बैंकका अनुसार योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सीम कार्ड, यूएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ ।

लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना १–१५ भदौसम्म लागू हुनेछ । क्यासब्याक योजना भने भदौ मसान्तसम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?