+
+
सत्तारुढ गठबन्धनको कार्यदल बैठक :

सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १८:४१
कार्यदलको बैठकको फाइल तस्वीर ।

३० साउन, काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रुपमा हेरिने कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

कार्यदलका अर्का सदस्य रामसहाय यादवका अनुसार पर्सि बुधबार बस्ने बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सयोजकलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?