
३१ साउन, काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ । साथै भारतले आगामी अक्टाेबरमा आयाेजना गर्न लागेकाे यू-१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने भएको छ ।
भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो ।
तेस्रो पक्षको हस्तक्षेप भएपछि फिफाले यही अगष्ट महिनाको सुरुमै निलम्बनको चेतावनी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4