+
+

बालेन साहलाई असफल बनाउनु हुँदैन : थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १०:२५

३१ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले फोहोरमा राजनीति गर्ने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् ।

बालेन ‘केही गरौं’ भन्ने सोच भएको व्यक्ति भन्दै थापाले उनलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । थापाले आज ट्वीटरमार्फत् उक्त धारणा राखेका हुन् ।
बालेनले एक वर्षभित्र फोहोरको दीर्घकालीन समाधान खोज्नुपर्ने पनि थापाले बताएका छन् ।

मेयर साहलाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘काठमाडौंका मेयर केही गरौं भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौति हो । त्यसबारे उहाँले एक वर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ । त्यतिन्जेल विगतमा झै सबैले हरसम्भव सहयोग गर्नुपर्छ । फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?