+
+

वामदेवले बर्दिया छोड्ने, प्युठानबाट चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १२:१८

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्न सहमत वामदेव गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका छन् ।

गौतमले प्युठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने प्रस्ताव गरेका छन् । ‘यसपटक प्युठानबाट चुनाव लड्ने प्रस्ताव गर्नुभएको छ । त्यही हुन्छ होला’, उनी निकट स्रोतले भन्यो । चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि गौतमले माओवादी केन्द्रसँग प्रस्ताव गरेका हुन् ।

०७० मा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडे । चुनाव जित्न भने सकेनन् । उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

निर्वाचन अगाडिसम्म अन्य दलहरुभन्दा धेरै मतले अगाडि रहे पनि आफू अन्तरघातका कारण पराजित भएको वामदेवको निष्कर्ष छ । आसन्न निर्वाचन पनि बर्दियाबाट लड्दा फेरि अन्तरघात हुने डर उनलाई छ ।

स्थानीय तह निर्वाचनमा वडाको मत हेर्दा प्युठानमा नेकपा एमालेको मत ३९ हजार ८७७ छ । सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, राष्ट्रिय जनमोर्चाको १३ हजार ६१२ र एकीकृत समाजवादीको १ हजार ४१७ मत छ । सत्ता गठबन्धनका दलहरुको मत जोड्दा नेकपा एमालेको भन्दा बढी हुने भएपछि वामदेवले प्युठानमा आफू सुरक्षित हुने ठानेका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि कतै पनि नलागेका गौतमले केही समय अगाडि मात्रै नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । उक्त दलको अस्तित्व कायमै राख्दै माओवादी केन्द्रको चिह्नबाट गौतम चुनाव लड्न लागेका हुन् ।

प्रतिनिधि सभामा प्युठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?