+
+

एउटै चुनाव चिह्न प्रयोग गर्न माओवादी केन्द्र र नेसपाले आयोगमा दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १५:२६

३१ साउन, काठमाडौं । आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनावमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उक्त निवेदनसँगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हसिया हतौडा प्रयोग गर्ने बाटो खुलेको छ ।

माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल र नेपाल समाजवादीका कार्यायल मुख्य सचिव खगेन्द्र देवकोटाले मंगलबार दिउँसो निर्वाचन आयोगमा गएर एउटै चिह्न प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन् ।

अब नेपाल समाजवादी पार्टीका उम्मेदवारले माओवादीको चुनाव चिह्न लिएर चुनावमा जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?