+
+

धादिङमा टेलरले जीपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १६:४०

३१ साउन, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको टेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नंको मार्बल बोकेको टेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।

मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते बनेका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?