+
+

हर्क साम्पाङले भेटे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १७:३९

३१ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

बेघा नेकपा माओवादीबाट उपमेयरमा निर्वाचित भएका हुन् । मेयर साङपाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?