+
+

थप ८४८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १७:४४

३१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  भने एक जनाको मृत्‍यु छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षणमा ८४८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने १९७ जना संस्थागत आइसोलेसन र ६८ जना आईसीयूमा छन् ।

यस्तै ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख 4१ हजार 680 पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?