+
+

१६ वर्षअघिको हत्या घटनाका आरोपी कतारबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १८:४२

३१ साउन, काठमाडौं । प्रहरीले १६ वर्षअघिको हत्या घटनाका आरोपीलाई कतारबाट पक्राउ गरेको छ ।

२०६३ साउन २ गते काठमाडौं कोटेश्वरका २३ वर्षका मनोज खड्काको कुटपिट र धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । उक्त घटनाका मुख्य आरोपी दोलखाको वैतेश्वर गाउँपालिका–२ का ३६ वर्षका रामकुमार मगर वैदेशिक रोजगारीका लागि कतारमा रहेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई रेडकर्नर नोटिस जारी गर्न गत चैत २४ गते पत्र पठाएको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयलेको इन्टरपोल शाखाको समन्वयमा ३० साउनमा कतारबाट पक्राउ गरेर नेपाल ल्याएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उक्त घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?