
३१ साउन, सप्तरी । झण्डै अढाई दशकअघि लहान सारिएको यातायात कार्यालय पुन: राजविराजमै सारिएको छ ।
तत्कालिन सगरमाथा अञ्चलको सदरमुकाम रहेको राजविराज नगरपालिकामा यातायात कार्यालय स्थापना गरिएको थियो । तर, यो कार्यालय अढाई दशकअघि रातारात सिरहाको लहान सारिएको थियो ।
पछिल्लो पटक राजविराजमा पुनः यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएको छ । मंगलबार कार्यालयको मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव तथा अर्थ मन्त्री शैलेन्द्र साहले संयुक्त रुपमा कार्यालय उद्घाटन गरे ।
यसअघ मधेश सरकारले २४ फागुनमा राजविराजमा यातायात कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
उद्घाटन अवसरमा बोल्दै अर्थ मन्त्री साहले राजविराजमै कार्यालय स्थापना भएपछि सप्तरीका बासिन्दालाई यातायात सम्बन्धी कामका लागि सहज हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4