३१ साउन, काठमाडौं । नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारीरिक सुगठनका प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको छ ।
सोमबार एक कार्यक्रमबीच प्रशिक्षणबाट दीक्षित प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रमाण पत्र प्रदान गरे । ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटीको सभाकक्षमा भएको कार्यक्रममा दीक्षित २८ प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
९ दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुलाई पूर्व नेपाल च्याम्पियन एवं नेपालमा शारीरिक सुगठनका ज्ञाताका रुपमा परिचित, कार्यक्रम संयोजक शिवलाल श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, विज्ञहरु सञ्जय महर्जन, दिवाकरलाल अमात्य, डा. ज्ञानेन्द्र शाह र सुकदेव कार्की लगायतले प्रशिक्षण दिएका ।
कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव श्रेष्ठले प्रशिक्षकहरुले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरुले उपयुक्त ज्ञान प्राप्त गर्न सहज हुनुका साथै प्रशिक्षणमा आईपर्ने दुर्घटनाबाट बच्न र बचाउन निकै ठुलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।
 
                    










 २०७९ साउन  ३१ गते १९:५७
                        २०७९ साउन  ३१ गते १९:५७                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4