+
+

इन्द्रजात्रा हेर्न २५ नगरलाई काठमाडौं महानगरको निमन्त्रणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते २०:००
फाइल तस्वीर

३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा हेर्न विश्वका २५ नगरहरुलाई निमन्त्रणा गरेको छ ।

महानगरका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार साउन ८ गते बसेको छैठौं कार्यापालिकाको वैठक अनुसार जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरुलाई निमन्त्रणा भएको हो ।

यस वर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ । प्रवक्ता काफ्लेका अनुसार जात्रामा प्रमुखहरुका साथमा ४ जना अधिकारीहरुलाई निम्ता दिइएको छ । यसरी २५ वटा नगर प्रत्येकबाट ४ जना सहभागी आउँदा १ सय जना पाहुना आउनेछन् । तर निमन्त्रणा गरिएका प्रतिनिधि आउने नआउने अहिलेसम्म टुंगो नभएको काफ्ले बताए ।

‘कोभिड १९ को महामारी अझै सकिएको छैन । को–को आउने नआउने कुनै टुंगो छैन । निमन्त्रणा चैं गरेका छौं । पाहुनाहरुलाई खाने बस्ने र घुमाउने व्यवस्था महानगरले गर्नेछ,’ काफ्लेले भने ।

२०७६ सालको इन्द्रजात्रामा ६ वटा देशका १३ वटा नगरलाई निम्ता गरेको थियो । तीमध्ये ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयर÷उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी थिए ।

महानगरले देशभित्रका ५ वटा र अन्र्तराष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ । डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका आन्तरिक सम्बन्ध भएका नगरपालिका हुन् ।

चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ चीनका गरी ७ वटा नगर महानगरको भगिनी सम्बन्ध भएका सहर हुन् । संयुक्त राज्य अमेरिकाका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर गरी ४ वटा नगरसँग भगिनी सम्बन्ध छ ।

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?