+
+

विश्वप्रकाशले भने– झापामै उम्मेदवार हुन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १०:५५

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका *महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् । काठमाडौं ५ मा पनि उनको चर्चा भएपछि शर्माले ट्वीट गरेर झापाबाटै उम्मेदवार हुने बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

अघिल्लो निर्वाचनमा उनी झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । तर नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

(*विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका महामन्त्री हुनुपर्नेमा प्रवक्ता भएकाले सच्याइएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?