+
+

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साभेटरमा ताला

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १२:१९

१ भदौ, बुटवल । सम्झौता अवधिमा कल्भर्ट नबनाएपछि बुटवलका एक वडाध्यक्षले निर्माण व्यवसायीको एक्साकाभेटरमा ताला लगाइदिएका छन् । बुटवल–१५ का वडाध्यक्ष शिव रानाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएका हुन् ।

बुटवलको तामनगर–फर्साटिकर सडकखण्ड अन्तर्गत बुटवल–१५ सेमलारमा कल्भर्ट निर्माणको जिम्मा पाए पनि काम पूरा नगरेकाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएको रानाले बताए ।

उक्त सडक खण्डमा चार वटा कल्भर्ट निर्माणका लागि महेश इन्जिनियरिङ सत्यवतीले २ करोड ९९ लाख रुपैयाँमा ठेक्का पाएको थियो । गत असार मसान्तसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

तीनवटा कल्भर्ट बनाए पनि चौथो कल्भर्ट बनाउने काम पूरा भएको छैन । प्रदेश पूर्वाधार कार्यालय मणिग्रामका प्रमुख इन्जिनियर ललित न्यौपानेले ठेकदारले चौथो कल्भर्ट बनाउन ढिला गरेर म्याद समेत गुजारेको बताए ।

काम छिटो सक्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि बाध्य भएर ताला लगाइदिएको वडाध्यक्ष रानाले बताए । ‘डाइभर्सन बनाइदिन भन्दा पनि बनाएनन्, वडाले ३ पटकसम्म गिट्टी हालेर अस्थायी रुपमा आवतजावत गर्न मिल्ने बनायौं,’ वडाध्यक्ष रानाले भने, ‘सडकमा हिंड्नै नसक्ने अवस्था आयो भनेर वडावासीको गुनासो बढेपछि ताला लगाइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?