+
+

सत्ता गठबन्धनको कार्यदलमा सिट बाँडफाँटको प्रस्ताव आउने संभावना न्यून

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १२:४८

१ भदौ, काठमाडौं । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको सहमति जुटाउन बनेको कार्यदलमा सिट बाँडफाँट प्रस्ताव आउने संभावना न्यून देखिएको छ । सोमबार कार्यदलले सिट बाँडफाँटबारे प्रस्ताव ल्याउने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो ।

त्यही अनुरुप नै उनले सत्तारुढ दलका नेताहरुलाई अनौपचारिक रुपमा छलफल गरिरहेका छन् । तर छलफलका आधारमा अहिलेसम्म सिट बाँडफाँटको मिलनबिन्दु के हो भनेर फेला परिनसकेको सिटौला निकट स्रोतले बतायो ।

आज (बुुधबार) साँझ बस्ने कार्यदलको बैठकमा सिट बाँडफाँटसम्बन्धी प्रस्ताव पेश गर्ने भनिए पनि त्यसबारेमा कुनै पनि प्रगति हुन नसकेको हो । सिट बाँडफाँट कसरी गर्ने भन्नेबारेमा नै कार्यदलका सदस्यहरु र सत्ता गठबन्धनका शीर्ष नेताहरु अलमलमा रहेको कार्यदल स्रोतको भनाइ छ ।

सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन भन्दै ११ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलको बैठक लगातार बसे पनि सहमति जुट्ने संभावना कम देखिएपछि संयोजक सिटौलालाई प्रस्ताव ल्याउन भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?