+
+

महाअभियोग सिफारिस समितिको बैठकमा एमालेको प्रस्ताव : एक महिनामा काम सकौँ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १३:०६

१ भदौ, काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ ।

महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले प्रस्तावलाई ५ महिनासम्म त्यसै अड्काएर राखिएको र बल्ल समितिमा आएकाले छिट्टै काम सक्दा राम्रो हुने बताए ।

‘के के काम कति कति समयमा गर्ने भनेर कार्यतालिका तय गरौं, तीन महिना भनेको ठाउFमा एक महिनासम्म गर्न सक्दा राम्रो हुन्छ’, पोखरेलले भने, ‘कार्यविधिसँगै कार्यतालिका र समयावधि किटान गरौं, हाम्रो समय ३ महिना भने पनि हामीसँग समय छैन ।’

उनले प्रधानन्याधीश जस्तो व्यक्ति विरुद्धको महाअभियोग ५ महिनासम्म किन र कसरी अड्काएर राखियो ? भन्ने प्रश्न पनि गरे ।

सत्तारुढ दल महाअभियोगको पक्षमा भए पनि आफूहरु (नेकपा एमाले) न्युर्टल रहेको उनले बताए ।

समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको पहिलो बैठकमा कार्यविधि पेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?