+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

भन्सार छलीको आशंकामा सामान सहितको ट्रक प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १९:५४

१ भदौ, वीरगञ्ज । प्रहरीले भन्सार छलीको सामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको कन्टेनर नियन्त्रणमा लिएको दाबी प्रहरीले गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बिहीबार दिउँसो ३ बजे वीरगञ्ज–६ माईस्थान चोकबाट ना ६ ख ४३४५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो । जाँच गर्ने क्रममा बिल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका लत्ताकपडाहरू समेत फेला परेकोले ट्रक नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

बराद गरिएको सामानको मुल्य ५४ लाख ५ हजार ६ सय ३८ रुपैयाँ मुल्यांकन गरिएको छ । सामान सहितको ट्रक बिहीबार नै आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?