+
+
Shares

वीरगञ्जबाट १७ जना फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते २०:०१

१ भदौ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट एकै दिन १७ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट विभिन्न १८ वटा मुद्दामा दोषी ठहर भई फरार रहेका १७ जना १७ जना अभियुक्तहरु पक्राउ परेका हुन् ।

कुटपिट सम्बन्धि ७, जालसाजी सम्बन्धि ६, लकडी चोरी सम्बन्धी ३ र चेक अनादर मुद्दाका २ वटा गरी १८ वटा मुद्दाका १७ जना फरार अभियुक्तलाई एकैदिन पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार वीरञ्ज–२० बस्ने ५० वर्षीया अमनी पैठानीन, ५८ वर्षीया जैतुनेसा पठानीन, ६० वर्षीय बिगा खाँ पैठान, ६४ वर्षीय कासिम महम्मद खाँ पैठान, ५५ वर्षीय देव बहादुर प्रसाद यादव, ५२ वर्षीय शेषनाथ बरै, ७३ वर्षीय ठग राउत बरै र सोही स्थान बस्ने रामराजप्रसाद चौरसियालाई पक्राउ गरेको हो ।

त्यसैगरी वीरगञ्ज-१४ पिपरा बस्ने ५० वर्षीय पुष्पराज पटेल भन्ने पुष्पराज प्रसाद कुर्मी, ३४ वर्षीय जितेन्द्र प्रसाद कुर्मी, वीरगञ्ज– २८ बगही बस्ने ७० वर्षीय लक्ष्मण ठाकुर लोहार, ६४ वर्षीय सिताराम ठाकुर लोहार, ६४ वर्षीय शंकर ठाकुर लोहार, ४६ वर्षीय गोपालप्रसाद सोनार, वीरगञ्ज–२९ उदयपुर बस्ने ५० वर्षीय छोटी यादव, वीरगञ्ज– २० हरपतगञ्ज बस्ने ७० वर्षीय पन्नालाल साह कलवार र ६५ वर्षीय किशोरी साह कलवार पनि पक्राउ परेका छन् ।

साउन ३१ गते पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा पठाइएको थियो । कुटपिट मुद्दामा ६ महिना कैद सजाय तोकिएका छोटु बाहेक अन्य अभियुक्त अदालतले तोकेको जरिवाना रकम तिरेर घर फर्किएको वडा प्रहरी कार्यालय श्रीपुरले जानकारी दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?