+
+

फेसबुकमै बालेन र हर्क साम्पाङको जुहारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते २१:२९

१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएको छ ।

साम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस लेखेका थिए ।

उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले साम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिएका थिए । धरान नै सफल लागेको भन्दै उनले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?